Skip to main content
Latest News
News & Announcement

मिति : २०७४÷०९÷१७ आदरणिय सदस्यज्यूहरु विषयः नाट्टाको आगामी निर्वाचनमा मतदान र उम

Published on 5 January 2018•NATTA Secretariat

मिति : २०७४÷०९÷१७ आदरणिय सदस्यज्यूहरु विषयः नाट्टाको आगामी निर्वाचनमा मतदान र उम्मेदवारी सम्वन्धमा । उपरोक्त सम्वन्धमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) कार्य समितिको मिति २०७४।०९।१२ (December 27, 2017) को निर्णय अनुसार संघकोे एकाउन्नौं (५१) बार्षिक साधारण सभा तथा कार्य समितिको निर्वाचन मिति २०७४।०९।२८ (January 12, 2018) मा हुने भएकोले निर्वाचनमा मतदान गर्न तथा …

मिति : २०७४÷०९÷१७

आदरणिय सदस्यज्यूहरु

विषयः नाट्टाको आगामी निर्वाचनमा मतदान र उम्मेदवारी सम्वन्धमा ।

उपरोक्त सम्वन्धमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) कार्य समितिको मिति २०७४।०९।१२ (December 27, 2017) को निर्णय अनुसार संघकोे एकाउन्नौं (५१) बार्षिक साधारण सभा तथा कार्य समितिको निर्वाचन मिति २०७४।०९।२८ (January 12, 2018) मा हुने भएकोले निर्वाचनमा मतदान गर्न तथा उम्मेदवार हुनको लागी संघको विधानको दफा २५को उपदफा (ख) र २६ बमोजिम सदस्यज्यूहरुलाई जानकारी गराइन्छ ।

क) नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लाई तिर्नु बुझाउनु पर्ने सम्पुर्ण बाँकी बक्यौता भुक्तानी गरी सकेको हुनुपर्नेछ ।

ख) नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को कार्य समितिमा उम्मेदवार हुन सदस्य कम्पनीको शेयरवाला संचालक हुनु पर्नेछ ।

ग) कार्य समितिमा उम्मेदवार हुनको लागी उम्मेद्वारी दिने मिति सम्ममा संघको सदस्यता प्राप्त गरेको कम्तिमा १ बर्ष पुरा भएको हुनु पर्नेछ ।

घ) नाट्टा कार्यसमितिको निर्वाचनमा मतदानको लागि आधिकारीक प्रतिनिधि पठाउनु परेमा सदस्य कम्पनीको प्रवन्धक (म्यानेजर) वा सो सरहको पदमा भएको व्यक्तिलाई मात्र आधिकारिक प्रतिनिधिको रुपमा नियूक्त गरी सो को लिखित जानकारी कम्पनीको लेटरहेडमा नाट्टा सचिवालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मिति २०७४।०९।२६ (January 10, 2018) बुधबार दिउंसो २ बजे सम्ममा पठाइसक्नु पर्नेछ ।

निर्वाचन अधिकृत

वरिष्ठ अधिवक्ता नारायण झा

(आधिकारीक प्रतिनिधि तोक्ने नमुना फारम यस अघि पठाइसकिएको छ, कृपया कम्पनीको लेटरहेडमा प्रिन्ट गर्नुहोला)

विधानको परिच्छेद ७ दफा २५ को उपदफा ख

ख. मतदानः यस विधानको दफा ९.४ मा वार्षिक सदस्यता शुल्क बुझाउने म्याद तीन महिना उल्लेख गरेको भएता पनि संघको कार्य समितिको निर्वाचनमा मतदान गर्नका लागि संघको साधारण सभा हुनु भन्दा एक महिना अघि संघको सक्रिय सदस्यता प्राप्त गरेको वा सदस्यता नविकरण गरेका हुनुपर्नेछ । उम्मेदवार हुन तथा मतदानमा भाग लिनको लागि संघलाई तिर्नु बुझाउनु पर्ने बक्यौता रकम सम्पुर्ण चुक्ता गरी सकेको हुनुपर्नेछ ।

Legal Advisor Notice: Click Here to View the Schedule of Election

Legal Advisor Notice: Click Here to View Code of Conduct

************************—————————————————-************************

Notice Published in December 27, 2017

श्री आदरणीय नाट्टा सदस्यज्यूहरु

साधारण सभा तथा निर्वाचन सम्बन्धी सूचना

मिति २०७४ साल पौष १२ गते सम्पन्न कार्य समितिको ४८औं बैठकका निर्णयअनुसार नाट्टाको ५१औं बार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचन कार्यक्रम यही आगामी २०७४ साल पौष २८ गते शुक्रबार तदनुसार सन् २०१८ जनवरी १२ तारेखका दिन होटेल सोल्टी क्राउन प्लाजा, ताहाचल, काठमाण्डौंमा संचालन हुने भएकाले सो सम्बन्धी निम्नानुसार जानकारी प्राप्त गर्नु भई सोहि बमोजिम गर्न गराउन हुन अनुरोध छ ।

१. सोहि बैठकको निर्णयानुसार नाट्टाका कानूनी सल्लाहाकार श्री नारायण झाज्यूलाई निर्वाचन अधिकृतको रुपमा तोकिएको छ ।

२. साधारण सभा तथा निर्वाचन सम्बन्धी संक्षिप्त जानकारी यसै सूचना साथ संलग्न गरिएको छ ।

Click Here to View the Schedule

३. नाट्टाको नयां कार्यसमितिको निर्वाचनमा नाट्टा सदस्य कंपनीका संचालक वा सेयर होल्डर आफै उपस्थित भई मतदानमा सहभागी हुनु पर्नेछ । उल्लेखित व्यक्ति आफै उपस्थित हुन नसकेको अवस्थामा नाट्टा Membership Directory(2016-18) मा उल्लेख भएका बाहेक अन्य कुनै प्रतिनिधिलाई तोकि पठाउनु परेमा निजको कंपनी परिचयपत्र, नागरिकता प्रमाणपत्र, २ प्रति पासपोर्ट साइज फोटो सहित संलग्न निवेदनको नमुना (Format) अनुसार आफ्नो कंपनीको लेटरहेडमा स्ट्याम्प सहित निवेदन भरि नाट्टा सचिवालयमा पौष १८ गते २०७४ साल (२ जनवरी २०१८) साझ ४ बजे भित्र पठाउनु हुन हार्दिक अनुरोध छ ।

Click Here to View the Format

४. निर्वाचन सम्बन्धित कार्यतालिका एवं कार्यक्रमहरु निर्वाचन अधिकृतबाट इमेल मार्फत जानकारी गराइने छ ।

५. साथै माथि उल्लेखित Directory प्रकाशन पश्चात सदस्यता प्राप्त गरेका नया सदस्यज्यूहरुको हकमा नाट्टामा रहेको अभिलेख वाहेकका व्यक्तिहरुले मतदान गर्नु परेमा माथि बुंदा नं. ३ मा उल्लेख भए अनुसारका कागजातहरु सहित निवेदन फारम भरि तोकिएको मिति र समय भित्र नाट्टा सचिवालयमा पठाउनु पर्ने छ ।

यस पश्चात् प्राप्त निवेदन उपर कुनै कारवाही हुने छैन ।

भिम प्रसाद पन्त

महा सचिव